नेकपा एसका अध्यक्ष नेपाल सहितका नेताहरु आज गोकुलेश्वर आउँदै

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु आज दार्चुलाको गोकुलेश्वर आउने भएका छन । गोकुलेश्वरमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल सहितका नेताहरु गोकुलेश्वर आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टी दार्चुलाका प्रदेश कमिटि सदस्य इन्द्र विष्टले जानकारी दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डडेल्धुरा हुदै गोकुलेश्वर आउने कार्यक्रम तय भएको छ । दिउसो कबिर १ बजेतिर अध्यक्ष नेपाल हेलिकप्टर बाट गोकुलेश्वर आउने बताइएको छ । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आज (एस) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले जिल्ला कमिटिको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा (एस) दार्चुलाका नेता गणेश कुमार जोशीले जानकारी दिनुभयो ।

गोकुलेश्वरमा भव्य कार्यक्रमको आयोजना गरी जिल्ला कमिटि घोषणा गर्ने तयारी भएको नेता जोशीले बताउनुभयो । पार्टीको जिल्ला कमिटि घोषणाका लागी केन्द्रीय अध्यक्ष नेपाल संगै वन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले, सुदुपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारी समेत आउने कार्यक्रम रहेको उहाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपाल संगै वन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले, सुदुपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारी समेत आउने कार्यक्रम भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोली गोकुलेश्वर जाने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक माधव विश्वकर्माले जानकारी दिनु भयो । नेकपा ९एस० जिल्ला कमिटिमा अध्यक्ष १ जना, २ जना उपाध्यक्ष, १ जना सचिव, ८ जना सहसचिव र बाकी सदस्य सहित ५१ जना सम्म रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.