दार्चुला । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले मालिकार्जुन धामको विकासका लागी आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बसपार्कमा आयोजित नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री आलेले मालिकार्जुन धामको विकासका लागि आवश्यक बजेटको विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।