कांग्रेस दार्चुलाको क्षेत्रीय अधिवेसन मंसिर ४ र जिल्ला अधिवेसन ७ गते हुने

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको क्षेत्रीय र जिल्ला अधिवेसन सरेको छ । कात्तिक २७ गते क्षेत्रीय अधिवेसन र मंसिर १ गते जिल्ला अधिवेसन हुने भनिएकोमा लेकम क्षेत्रमा लागेका जात्राहरु र धार्मीक सास्कृतिक गतिविधिलाई मध्यनजर गरेर अधिवेसनको मिति परिवर्तन गरिएको नेपाली कांग्रेस दार्चुलाका जिल्ला कार्य समिति सचिव हरक सिह बिस्टले बताउनुभयो ।

क्षेत्रीय अधिवेसन मंसिर ४ गते र जिल्ला अधिवेसन मंसिर ७ गते गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । क्षेत्रीय अधिवेसन क क्षेत्रको खलंगा र ख क्षेत्रको गोकुलेश्वरमा हुने बताइएको छ । जिल्ला अधिवेसन खलंगामा आयोजना हुने छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.