शैल्यशिखरमा नेकपा माओवादी केन्द्रको वडा अधिवेसन, ७७ जना पार्टी प्रवेश

दार्चुला – नेकपा माओवादी केन्द्रले शैल्यशिखर नगरपालिका वडा नम्बर ५ र ६ मा नेतृत्व चयन गर्दै वडा अधिवेसन सम्पन्न गरेको छ ।

नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानवहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७७ जनाले पार्टी प्रवेश गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अशोकसिह धामीले बताउनुभयो ।

वडा अधिवेसनबाट वडा नम्बर ५ को अध्यक्षमा लोकेन्द्र डाँगा सहित २९ सदस्यिय वडा कमिटी चयन गरेको छ । यस्तै वडा नम्बर ६ को अध्यक्षमा शेरसिह धामी सहित २९ सदस्यिय कमिटी चयन गरिएको इन्चार्ज धामीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.