दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय कुणीको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
बुधबार (आज) बसेको अभिभावक भेलाबाट आनसिंह धामीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिका अन्य सदस्यहरुमा तुलादत्त जोशी, कलसा जोशी, पशुपति टमटा, बहादुरसिह खत्री, कुमारी सार्की चयन हुनुभएको छ ।
त्यस्तै शिक्षक प्रतिनिधिमा दुर्गादत्त जोशी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशी चयन हुनुभएको छ ।