दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको  मृत्यु

दार्चुला । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं –३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागी बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गम्भिर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागी गोकुलेश्वर अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.