दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । यसै क्रममा एक निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लाका लागि पनि एमालेले उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुलाबाट पार्टीका केन्द्रीय सदस्य गणेश सिह ठगुन्ना उम्मेदवार बन्नु भएको छ। प्रभावशाली नेताका रुपमा रहनु भएका ठगुन्ना पूर्वमन्त्रीसमेत हुनुहुन्छ। २०७९ को निर्वाचनमा उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूसँग पराजित हुनु भएको थियो ।
ठगुन्नाले २६ हजार ३८१ मत मत प्राप्त गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बडूले २८ हजार ५१५ मत प्राप्त गरी विजयी हुनुभएको थियो। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेससँग तत्कालीन मओवादी केन्द्र र नेकपा एसलगायतका पार्टीबीच गठबन्धन भएको थियो । यो पटक जिल्लामा कुनैपनि पार्टी विच गठबन्धन नहुने देखिएको छ ।