दार्चुला । नेपाली कांग्रेसले दार्चुलाबाट धर्मानन्द जोशीलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार बनाएको छ ।
जिल्ला समितिबाट उम्मेदवारको लागि ४ जनाको नाम सिफारिस गरिएकोमा केन्द्रले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस दार्चुलाका पार्टी सभापति ललित सिह बोहराले जानकारी दिए ।
उम्मेदवार चयन भएका जोशी पेशाले अधिबक्ता हुन । विगत लामो समय संयुक्त राष्ट्रसंघमा मानव अधिकारका क्षेत्रमा काम गरेको अनुभव जोशीसंग रहेको छ ।