दार्चुला ।बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ९ः३० बजे पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी जनाएको छ।
दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरक्षक तथा सूचना अधिकारी सुरज सिंहले जानकारी दिनुभयो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। मृतक तथा घाइतेको पहिचान हालसम्म खुल्न सकेको छैन।
घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।