सशस्त्र प्रहरी बलका कर्मचारीहरुले —१२ डिग्रीको चिसोमा ड्युटी गरिरहेका छन् ।
नियमित गस्तीका क्रममा दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरीका कर्मचारीहरु हिउँ नै हिउँको बिचबाट हिँडेर गस्ती गरिरहेका छन् ।
भारतीय सीमा क्षेत्र नजिकै रहेको उक्त क्षेत्रमा अहिले भारी हिमपात भएको छ । हिउँको चिसोको बाबजुद सशस्त्र प्रहरी बल नेपाल नंं ५० गुल्म छाङ्गरुले नियमित सुरक्षा गस्ती गरिरहेको छ ।

