निर्वाचन आयोगद्वारा दार्चुला जिल्लाको वास्तविक मतपत्रको नमूना सार्वजनिक

दार्चुला । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लाको  मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

जसमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य पहिलो नम्बर रहेको छ । यस्तै नेपाली कांग्रेसको चुनाव चिन्ह रुख दोस्रो, नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा तेस्रो, र राष्ट्रिय स्वतन्त्रण पार्टी रास्वपाको चुनाव चिन्ह घण्टी चौथोमा राखिएको छ । अन्य क्रमस अन्य सानादलहरुको चुनाव चिन्ह निर्वाचन आयोगले नमूना मतपत्रमा राखेको जनाएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लाबाट ११ जनाले उम्मेदवारको मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट गणेश ठगुन्ना, नेपाली कांग्रेसबाट धर्मानन्द जोशी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश सिंह समान्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै अन्य दलहरू संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च पार्टीबाट गगन ठगुन्नाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट नवराज भट्ट, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट विद्यादेव जोशीले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, आयोगले जिल्लामा निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.