एकढिक्का भएर मतदाता भेटघाट अभियानमा एमाले दार्चुला

निर्वाचन लक्षित जिल्लाभरिको भेटघाट कार्यक्रम तालिका सार्वजनिक

दार्चुला । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले दार्चुला संगठनात्मक एकता र अनुशासन चुनावी रणनीति सहित चुनावी मैदानमा उत्रिएको छ ।

पार्टीले उम्मेदवारका रूपमा अघि सारेका गणेश सिह ठगुन्नाको जित सुनिश्चित गर्न जिल्लाका सबै तहका नेता, कार्यकर्ता र जनसंगठन एकढिक्का भएर अभियानमा जुटेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री ठगुन्ना लगायत प्रदेश कमिटी र जिल्ला तहका सबै नेताहरु यतिबेला घरदैलो अभियानमा जुटेका छन । दार्चुला जिल्लामा नेकपा (एमाले) का उमेद्वारलाई विजय गराउन पार्टीका स्थानीय तहका कमिटीहरु, शुभेच्छुकहरु सक्रिया रुपमा लागेका छन ।

यसपटकको निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई दार्चुलाको राजनीतिक स्थायित्व, विकासको निरन्तरता र संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग जोडिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताएका छन ।

त्यसैले एमालेले आन्तरिक एकतालाई पहिलो प्राथमिकतामा राख्दै मतदाता माँझ भरोसायोग्य विकल्प प्रस्तुत गर्ने रणनीति बनाएको उनको भनाई रहेको छ । यस्तै उनले जिल्लामा पार्टी पूर्ण रूपमा एकताबद्ध भएको स्पष्ट पार्दै संगठनात्मक शक्ति नै एमालेको मुख्य आधार भएको बताए ।

उम्मेदवार गणेश सिह ठगुन्नाको जितका लागि केन्द्र देखि वडा तहसम्म पार्टी एक ढिक्का भएर लागिसकेको छ । एमालेले जिल्लामा माघ २७ गते देखि निर्वाचन लक्षित जिल्लाभरिको भेटघाट कार्यक्रम आयोजना गरेको छ । एमाले नेताहरूका अनुसार पार्टीको संगठनात्मक मजबुती, केन्द्रीय नेतृत्वको समर्थन र स्थानीय स्तरमा बढ्दो जनसमर्थनले ठगुन्नाको जित सुनिश्चित हुने विश्वास बढाएको छ ।

Leave A Reply

Your email address will not be published.