सुन्सेरामा एमालेको चुनावी भेटघाट, सात तस्बिरमा हेर्नुस् ( फोटो फिचर)

दार्चुला । नेकपा (एमाले) दार्चुलाका उम्मेदवार गणेश सिंह ठगुन्नाको नेतृत्वमा मंगलबारबाट ब्याँस गाउँपालिका वडा–४सुन्सेरामा चुनावी प्रचार–प्रसार तथा भेटघाट कार्यक्रम सुरू भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा ब्याँस गाउँपालिकाका अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट सुरू भएको एमाले दार्चुलाले जनाएको छ ।

उम्मेदवार ठगुन्नाले जनताको अटुट विश्वासले आफूलाई थप जिम्मेवार र ऊर्जाशील बनाएको बताउँदै जिल्लाको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
विशेषगरी दार्चुला–तिंकर सडक निर्माणको पूरा गर्न आफु सधै सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा स्थानीयले विकास निर्माणमा ठगुन्नाले पुर्याएको योगदानको चर्चा गर्दै अझै अधुरा काम पूरा गर्न ठगुन्नालाई जिताउने विश्वास दिलाए ।

कार्यक्रममा एमालेका नेता हरदेव जोशी,नागेन्द्र तिंकरी, मुरारी लाल टमटा लगायत स्थानीय नेताहरूको,सहभागीता रहेको थियो ।

यसैविच विभिन्न पार्टी परित्याग गरी तीन जनाले नेकपा एमालेमा प्रवेश गरेको एमाले दार्चुलाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.