दार्चुलामा यसरी हुँदैछ निर्वाचन प्रहरीका लागि तालिम (फोटो फिचर)

दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरू भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटाइने निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरू गरिएको हो ।

निर्वाचन प्रहरीको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरव महतले बताए । दार्चुलामा कुल ९३० जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । नेपाल प्रहरीमार्फत ८८४ जना र शसस्त्र प्रहरी अन्तरगत ४६ जना निर्वाचन प्रहरी भर्ना भएका हुन् ।

नेपाल प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय लटिनाथ, ईलाका प्रहरी कार्यालय गोकुलेश्वर, ईलाका प्रहरी कार्यालय लालीमा तालिमको व्यवस्था मिलाइएको छ । जसमा जिल्ला प्रहरी कार्यालयमा ७३० जना लटिनाथमा ४२ जना गोकुलेश्वरमा ८६ जना र लालीमा २६ जनाले तालिम लिइरहेका छन् ।

सशस्त्र प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीलाई भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगामै तालिमको व्यवस्था गरिएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ प्रहरीको मात्रै ५६६ जना सुरक्षाकर्मी निर्वाचनमा सहभागि हुने प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.