काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर तोलाको ३ ख ४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर तोलाको ५६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।