शैल्यशिखर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखि संञ्चालन हुँदै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि सञ्चालन हुने भएको छ । नगरपालिकाको वडा १ स्थित कृष्ण मावि बचाचको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता संञ्चालनका लागि पालिकाले बुधबार एक सूचना समेत सार्वजनिक गरेको छ । प्रतियोगितामा नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई सहभागि हुन भनिएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालनको तयारी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम शाहले जानकारी दिए ।

प्रतियोगिता अगामी मंगलबार २७ गतेसम्म संञ्चालन हुने उनले बताए । यस अघि जिल्लाका अन्य सबै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.