Naya Sadar
Badar

लेकम ५ सिरोडामा मोटरसाईकल दुर्घटना

Sadar Sano

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ सिरोडा कठेकुडामा मोटरसाईकल दुर्घटना भएको छ ।

गोकुलश्वर रिठाचौपता सडकखण्ड अन्तर्गत कठेकुडा भन्ने ठाउँमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जना घाईते भएका छन । घाईते हुनेमा लेकम गाउँपालिका वडा नम्बर ६ का देब राज मिश्र रहेका छन् ।

Naya Mat patra

सु .प्र.च. ०१००२ प ७८५६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हो । मोटरसाईकलमा २ जना सवार रहेको ईलाका प्रहरी कार्यलय रिठाचौपताले जनाएको छ ।

मोटरसाईकल चालक पुरुशोतम जोशीलाई सामान्य चोट लागेको छ भने मोटरसाईकलको पछाडि सवार देब राज मिश्रको एउटा हात भाचिएको र टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यलय रिठाचौपताका प्रहरी सहायक निरीक्षक लोकेन्द्र पुजराले बताउनु भयो ।

घाईते मिश्रलाई हिजो राति नै गोकुलश्वर अस्पताल पठाईएको थियो । दुर्घटना हिजो राति ८:३० मा भएको हो ।

 

Leave A Reply

Your email address will not be published.