दार्चुलाको मालिकार्जुन मावि मिलमिलीलाई खेलाडी पोसाक वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन मावि मिलमिलीलाई खेलाडी पोसाक विरतण गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा ६ मा अवस्थित उक्त विद्यालयलाई खेलाडी पोसाक वितरण गरिएको हो । टिभी टुडेका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर जनक राज पन्तले ३० थान खेलाडी पोसाक वितरण गरिएको बताइएको छ ।

विद्यालयको माग अनुसार उनले विद्यार्थीहरूको खेलकुद क्षमता विकास र स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले उक्त पोसाक वितरण गरेको बताएका छन् । प्रबन्ध निर्देशक डाक्टर पन्तले शिक्षा सँगसँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक भएको भन्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसअघि पनि उनले माबी मिलमिली सहित जिल्लाका विभिन्न विद्यालयहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । यस्तै गत वर्ष डाक्टर पन्तले मिलमिली गाउँको लागि ५ थान स्ट्रेचर समेत सहयोग गरेको बताए ।

गाउँसमाज र विद्यालयलाई बेला बेला सहयोग गदैँ आएका पन्तलाई त्यहाँका स्थानीय अग्रजहरुले धन्यबाद ज्ञापन गरेका छन् । विद्यालय प्रशासनले खेलाडी पोसाकबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुदमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै डाक्टर पन्तप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.