दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा – ७ मा अवस्थित संघर्षशिल कृषि सहकारी सस्थाको ११ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार एक औपचारीक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थाका व्यवस्थापक नवराज भट्टले ५६ लाख बढि कारोबार सार्वजनिक गरेका छन् । सस्थाका अध्यक्ष मनिराज जोशीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष श्याम सिह सामन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा हुनैनाथ मावि देवथलिका प्रध्यानाध्यापक नवराज जोशी सेयर सदस्य लगायत वालबचतकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नियमित बचतकर्ता,ऋण समयमै बुझाउने लगायतका सदस्यहरुलाई सम्मान गरिएको छ ।