कांग्रेस नेता बडू र उनकी धर्मपत्नी अष्ट्रेलिया प्रस्थान

दार्चुला । नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडू र उहाँकी धर्मपत्नी माधवी बडू अष्ट्रेलिया प्रस्थान गरेका छन् । कतार एयरको जहाजबाट मंगलबार आज विहान अष्ट्रेलिया प्रस्थान गरेको बताइएको छ ।

अष्ट्रेलियामा बस्दै आएका उनका जेठा मनोज बडूकी धर्मपत्नी विगत २ वर्षदेखि क्यान्सर रोगसँग लडिरहनु भएको छ । अचानक उनको स्वास्थ्यमा समस्या देखिएपछि भेटघाटका लागि नेता बडूको सहितको टोली अष्ट्रेलिया गएको उनको सचिवालयले जनाएको छ ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै केही दिनको बसाई पछि नेता बडू स्वदेश फर्किर्ने पनि सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.