दार्चुलामा जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम

दार्चुला । जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न दार्चुला प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरीप्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागुऔषध तथा कुलतबाट युवालाई जोगाउन र चुनावका बेला समुदाय र प्रहरीबिच समन्वय कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी डिएसपी गौरव महतले जानकारी दिए । बुधबार जिल्लाको व्याँस गाउँपालिका वडा -४ सुनसेरा स्थित गाउँपालिकाको सभाहलमा जनताको गुनासो सुन्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

सुरक्षा समितिका संयोजक एव् प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक गौरव महत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी, शिक्षक, होटल व्यवसायी, बैंक तथा बित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, यातायात व्यवसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नागरिक सुनुवाइ कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, लागुऔषध दुव्र्यसन तथा ओसारपसार, साईबर अपराध रोकथाम तथा नियन्त्रण, सिमा अपराध नियन्त्रण, समाजमा हुने बिभिन्न किसिमका अपराध रोकथाम तथा नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, ट्राफिक ब्यवस्थापन, सहित यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लगायत प्रहरी प्रतिको गुनासो तथा सुझाव लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरि नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको मार्मामा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Leave A Reply

Your email address will not be published.