कांग्रेसमा हरेक ठाउँ बाट युवा नेतृत्व आवश्यक-नेता उमेश खत्री 

दार्चुला – नेपाली कांग्रेस दार्चुलाका युवा नेता  सातौं जिल्ला अधिवेशनमा दार्चुला जिल्ला बाट उपसभापति का उम्मेदवार  उमेश सिंह खत्री ले नेपाली कांग्रेस  को स्थानीय तह को अधिबेशन बाट  युवा हरुलाइ नेतृत्व हस्तान्तरण को प्रक्रिया थालनी भै सकेको बताउनु भएको छ ।

 

क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन नजिकिरहेको बेला नेता खत्रीले जिल्लाको प्रदेश सभा ख  क्षेत्र का नेता कार्यकर्ता हरुसितको भेट घाटको क्रममा मार्मागाउपालिका को लटिनाथ पुगेर सो कुरा बताउनु भएको  हो ।

 

वहाले भन्नुभयो अहिले को राजनीति परिप्रेक्ष मा प्रतिपक्षी बामपंथी कम्युनिस्ट हरुसितको प्रतिस्पर्धा मा बिजय प्राप्त गर्न पनि युवा हरु नेतृत्व मा आउनु जरुरी देखिन्छ कम्युनिस्ट हरुसित राजनीतिक प्रतिस्पर्धा मात्रै गर्नु पर्ने नभएर परिआएको बेला भौतिक प्रतिस्पर्धा पनि गर्नुपर्ने अवस्था हुदा  कांग्रेस लाई युवामय बनाउनु जरुरी छ । आफ्नो जिवनको  राजनितिक यात्रामा देश र जनता को लागी अग्रज हरु ले महत्त्वपूर्ण भुमिका खेलेको गौरवसाली इतिहास भए पनि अब भने समय र परिस्थिति ले अग्रजहरु लाई सम्मान सहित विश्राम गराउनु पर्ने र नवजवान युवाहरुले कांग्रेसको नेतृत्व गर्नुपर्ने समय आइसकेको  नेता खत्री ले बताउनु भएको छ ।

 

नेता खत्रीले आफुले युवा हरुको आवाज लाई सम्बोधन गर्न अग्रज हरु लाई सम्मान गर्न नेपाली कांग्रेस दार्चुलाको जिल्ला उपसभापतिमा उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धा गर्ने र बिजयी बन्ने बताउनु भएको छ ।

 

आफुले उम्मेदवारी घोषणा गरेपछि आम नेता कार्यकर्ताहरु र जनतामा सकारात्मक प्रतिक्रिया रहेको  ले आफुलाइ उपसभापति मा बिजय गराउन  अपिल गर्नु भएको छ ।

 

आफू उपसभापतिमा बिजयी बने कांग्रेस दार्चुला लाई आधुनिक र गतिशील बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.