दिपक साँउद,दार्चुला । दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर ६ मा रहेको मालीकार्जुन माध्यमिक विद्यालय तेलीगाउँको ४ कोठे विद्यालय भवन निर्माण समपन्न भएको १ बर्ष नपुग्दै जिर्ण बनेको छ ।
सुदुरपश्चिम प्रदेश सरकारको शिक्षा शाखाको आर्थिक लगानीमा ४२ लाखामा निर्माण गरिएको उक्त विद्यालय भवन ५ महिनामा नपुग्दै जिर्ण बनेको विद्यालयका प्रनाध्यापक सुरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
भवन निर्माण सम्पन्न भएपछि २०७८ साल भाद्र महिनाको पहिलो साता तिर आएको अबिरल बर्षाका कारण बिद्यालयको जग भक्तीए पछि विद्यालय भवन जिर्ण बनेको उहाँले बताउनुभयो । विद्यालय भवन निर्माण समपन्न गरि विद्यालयलाई हस्तान्तरण गर्ने समयमा जग भत्किएपछि धरौटी रकम समेत पाउन रोक्का भएको बताइएको छ।
जग भत्किएपछि भवनमा विद्यार्थीलाई बसाल्न समेत नमिल्ने अवस्था आएको प्रधानाध्यापक धामीले बताउनुभयो । निर्माण भएको विद्यालय भवन जिर्ण भएपछि अहिले पठन पाठनको लागी समस्या भएको छ ।