सुदूरपश्चिम क्षेत्रका सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा जुटेका छन् । क्षेत्रगत समस्या बुझ्न उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायत दलका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसँग छलफलमा जुटेका हुन् ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिँदै छ । सबै क्षेत्रका समस्या बुझ्ने कार्य भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले यसअघि सोमबार कोसी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.