Naya Sadar
Badar

जिल्ला अस्पताल दार्चुलाको आइसीयू कक्षअझै सञ्चालन भएन

Sadar Sano

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको १ वर्ष हुनै लाग्दा समेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो ।

Naya Mat patra

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले गत वर्ष विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गर्नुभएको थियो । कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो ।

लामो समय जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको प्रशासन प्रमुख आन सिह डागाले जानकारी दिनुभयो । अहिले पनि आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो। गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ । अहिले अस्पतालमा रहेका अधिकाशं चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।
आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । एक वर्ष हुँदा पनि आइसीयू सञ्चालन भए÷नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ ।

त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको तेस्रो लहर शुरु भइसकेको छ । अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त रहेको जनाएको छ । अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताउनुभयो । अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम कार्यरत छन् ।

Leave A Reply

Your email address will not be published.