Naya Sadar
Badar

कांग्रेस दार्चुलाको क्षेत्रीय अधिवेसन आज

Sadar Sano

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको प्रदेश क्षेत्रीय अधिवेसन शनिबार (आज) हुने भएको छ । प्रदेश क्षेत्र नम्बर “क” को अधिवेसन खलंगा र “ख” को अधिवेसन गोकुलेश्वरमा आयोजना हुने कांग्रेस दार्चुलाले जनाएको छ । अधिवेसनबाट क्षेत्रीय सभापती र पदाधिकारी बन्नका लागि नेताहरुले लबिङ गरिरहेका छन् ।

कांग्रेस दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती ललितसिह बोहरा र उपसभापती एबं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामीले दाबी गरेका छन् ।

Naya Mat patra

वर्तमान सभापती बोहराले पार्टीलाई बलियो बनाउन एक कार्यकाल आफुले दोहोरिन चाहेको भन्दै सबै नेता कार्यकर्तालाई सहयोगका लागि अनुरोध गरिरहेका छन, भने लामो समय कांग्रेसको राजनीति गरेको र जिल्ला उपसभापती समेत भएकोले आफुले सभापती पाउनुपर्ने भन्दै मेयर धामीले समेत सबैलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् ।

त्यस्तै जिल्ला उपसभातीको लागी लेकम गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका कग्रेस नेता महेन्द्र जोशीले उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

अरु पदाधिकारीहरुमा समेत नेताहरुले आफ्नो दाबी पेश गर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.