दार्चुला । दार्चुलामा करणी मुद्दामा फरार रहेका दुई जना महिला पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार हिजो जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा –५ डाँडाकोट बस्ने ३२ वर्षीय हरिश राम लुहार र सोही ठाउँ वस्ने ४२ वर्षकी पार्वती लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत दार्चुलाबाट ०७२ जेठ १३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएपछि फारार रहेका हरिश राम लुहारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यस्तै सोही मुद्दामा ५ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएकी पार्वती लुहार पक्राउ परेकी हुन् ।