दार्चुला । नेपाली सेनाले दार्चुलामा नयाँ भर्ना खुल्ला गरेको छ । नेपाली सेनाले दार्चुला सहित विभिन्न पृतना, गण तथा बाहिनीहरूमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेसंगै दार्चुलामा पनि भर्ना खुल्ला गरिएको हो । दार्चुलामा श्रीदल गुल्ममा नयाँ भर्ना खुल्ला गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाले सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायत कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
दार्चुलामा सेनाले खुल्लाफर्त ३९ जना,महिला तर्फ ७ जना, आदिबासी जनजातितर्फ १० जना मधेशी तर्फ ९ जना दलिततर्फ ५ जना पिछिडिएको क्षेत्र तर्फ २ जना र सैनिक परिवारका सन्तानतर्फ ३ जनागरी जम्मा ७५ जनाका लागि नयाँ भर्ना खलेको नेपाली सेनाले जनाएको छ ।
भर्ना छनौट निर्देशनालयका अनुसार इच्छुक नेपाली नागरिकले बैशाख १८ गतेदेखि अगामी जेठ १६ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्। भर्नाका हुन लागि १८ वर्ष पुरा भइ २२ वर्ष ननाघाकेको हुनुपर्ने सेनाले जनाएको छ ।
