भारतको केरलामा वामपन्थी किल्ला भत्किने संकेत, कांग्रेसको गठबन्धन अघि

काठमाडौं । भारतको केरलामा भएको विधानसभा निर्वाचनमा वामपन्थी पार्टीको किल्ला भत्किने संकेत देखिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती रुझानअनुसार यहाँ सत्तारुढ एलडीएफ गठबन्धन पछिपरेको छ ।

केरलाका १४० सिटमध्ये एलडीएफले ४७ सिटमा अग्रता कायम गरेको छ । गठबन्धनमा रहेका सीपीआई (एम) ले ४७ सिटमा अग्रता बनाउँदा सीपीआईले एक सिटमा पनि अग्रता बनाउन सकेको छैन ।

सुरुवाती रुझानमा सत्तारुढ एलडीएफले ५२ सिट गुमाउने देखिएको छ । केरलामा यो निर्वाचनमा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धन ४८ सिट थपेर ८९ सिटमा अग्रता बनाउन सफल भएको छ । यस्तै, केरलामा ४ सिटमा अन्य उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.