दार्चुला — एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पद को लागी उम्मेदवारी दिने भएका छन । दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले बतानुभयो ।
दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।
एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका आएका छन ।
९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।