दार्चुलामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दार्चुला – दार्चुला उद्योग बाणिज्य संघ दार्चुलामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय डडेल्धुराको आयोजना तथा दार्चुला उद्योग बाणिज्य संघको सहकार्यमा कर सप्ताहको अवसरमा ‘स्वेच्छिक कर सहभागिता अभिबृद्धि, सुशासन विकास र समृद्धि’ भन्ने नाराका साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

महाकाली नगरपालिका बजार क्षेत्रका व्यापार व्यवसायी र अन्य सरोकारवालाहरुको सहभागितामा आइतबार उद्योग वाणिज्य संघमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्यान र भ्याट कारोबार तथा कर प्रणाली र प्रक्रिया सम्बन्धि जिज्ञासा सम्बन्धि खुला छलफल र राजश्व कार्यालयले कर कानुन र आर्थिक अध्यादेश सम्बन्धि जानकारी गराएको छ ।

दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय डडेल्धुराका तिर्थराज बरालको प्रमुख आतिथ्य रहेको थियो ।

मङ्सिर १ गते देखि मङ्सिर ७ गतेसम्म देशभर कर सप्ताह सञ्चालनमा छ ।

Leave A Reply

Your email address will not be published.