छाङरु र तिंकर जाने गणकका लागि हेलिकोप्टरको व्यवस्था गर्न माग

दार्चुला – राष्ट्रिय जनगणना २०७८ का लागि दार्चुलाको छाङरु र तिंकरसम्म जान हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको छ।

भारतीय प्रशासनले आफ्नो भूमि प्रयोगमा रोक लगाएपछि संयुक्त विद्यार्थी संगठनहरुले नेपाली भूमि हुँदै हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका हुन्। सुदूरपश्चिममा सक्रिय नेपाल विद्यार्थी संघ, अनेरास्ववीयू, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन्।

तीन पटकसम्म पत्राचार गर्दा पनि भारतीय प्रशासनले आफ्नो भूमिको प्रयोगमा रोक लगाएको भन्दै विद्यार्थी संगठनहरुले शिर निहुराउने काम नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलासँग माग गरेका छन्।

उक्त क्षेत्रको एकिन तथ्याँकसमेत नभएको भन्दै सयुक्त विद्यार्थी सङ्गठनले आपत्ती जनाएको छ।

Leave A Reply

Your email address will not be published.