दार्चुलामा कांग्रेस अधिवेशन क्षेत्र नं ख को सभापतिमा केशब बहादुर सिह विजयी

दार्चुला -नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलामा आईतबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ ।

दार्चुला प्रदेश सभा क्षेत्र नं ख को सभापतिमा केशब बहादुर सिह २३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जगत सिह ठगुन्नाले १४७ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा उदय सिह ठगुन्ना २३७ र जगदिश सिह बिस्ट २७७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी धर्म बहादुर खडायतले १२१ मत ल्याएका छन् । क्षेत्र नं ख मा ४३५ मत खसेको मतदान अधिकृत धन सिह बिस्टले बताउनु भयो ।

यस्तै दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर ख मा उपसभापती सहित ५ जना निर्विरोध चयन भएका थिए । उपसभापतिमा डम्मर कार्की र लक्षण डागा सहित अन्य पाँच जना प्रतिनिधि निर्विरोध चयन भएको बिस्टले बताउनु भयो । सह सचिवमा गणेश जोशी, अपांग प्रतिनिधिमा केशब जोशी, महिला प्रतिनिधिमा जिवनी ठेकरे निर्विरोध चयन भएको जनाइएको छ ।

health
Leave A Reply

Your email address will not be published.