कांग्रेश दार्चुलाको प्रदेशसभा क्षेत्र क र ख अधिवेसनको नतिजा सार्वजनिक

दार्चुला – नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा क्षेत्र क र ख को प्रथम क्षेत्रीय अधिवेसनको नतिजा सार्वजनिक भएको छ । शनिबार उद्घाटन भएर आइतबार निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । नेपाली कांग्रेस दार्चुला क्षेत्र नम्बर १ क को सभापतिमा मन्दिर सिह धामी विजयी हुनु भएको छ । कुल खसेको मत मध्ये २ सय ५६ मत प्राप्त गर्दै धामी प्रदेशसभा क्षेत्र क को सभापतिमा विजयी भएको निर्वाचन अधिकृत देवराज अवस्थीले घोषणा गर्नु भएको थियो । सभापतिका अर्का उम्मेदवार गणेश सिंह धामीले २ सय १२ मत प्राप्त गर्नु भएको छ । मन्दिर सिंह धामी ४४ मत अन्तरले विजयी हुनु भएको हो । विजयी भएका सभापति मन्दिर सिंह धामी मालिकार्जुन गाउँपालिकाका हुन, भने गणेश सिंह धामी महाकाली नगरपालिकाका हुन ।

यस्तै प्रदेशसभा क्षेत्र क को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुष्करराज जोशी र हरिदत्त जोशी विजयी हुनु भएको छ । पुष्करराज जोशीले ३ सय ७२ मत प्राप्त गर्नु भएको छ, भने हरिदत्त जोशीले ३ सय ९ मत प्राप्त गर्नु भएको छ । उनि संगै सचिव पदमा उम्मेदवारी दिएका जय सिंह बोहराले १ सय ८१ मत मात्रै प्राप्त गर्नु भएको छ । यसैगरी सहसचिव कमल सिह धामी र बिरुराम लोहार विजयी हुनु भएको छ । कमल सिंह धामीले १ सय ९९ तथा बिरुराम लोहारले २ सय ५१ मत प्राप्त गर्नु भएको छ । सहसचिव पदमा ५ जनाको उम्मेदवारी परेको थियो ।

प्रदेशसभा क्षेत्र क बाट प्रदेश प्रतिनिधिमा जयदेव जोशी, लोकेन्द्र बहादुर बम, ललित दत्त भट्ट, प्रेम सिह महरा, निरज बहादुर बम, जित बहादुर बम र माधव प्रसाद जोशी विजयी हुनु भएको छ । प्रदेश प्रतिनिधि पदका लागी १३ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि जयदेव जोशीले ३ सय ७३, लोकेन्द्र बहादुर बमले २ सय ९८, ललित दत्त भट्ट र प्रेम सिह महराले २ सय ८१, निरज बहादुर बमले २ सय ६९, जित बहादुर बमले २ सय ३३ र माधव प्रसाद जोशीले २ सय ६९ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत अवस्थीले जानकारी गराउनु भएको थियो ।

प्रदेशसभा क्षेत्र क मा ५ सय ८७ मत मध्ये ५ सय ५ मत खसेको थियो । कुल खसेको मत मध्ये ३८ मत बदर भएका थिए । प्रदेशसभा क्षेत्र क को उपसभापतिमा गोपाल सिंह कार्की र बिरादत्त भट्ट निर्विरोध चयन भएका छन् ।

त्यस्तै क्षेत्र नम्वर ख को अधिवेसनबाट केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ । उनका प्रतिद्धन्दी जगत सिहँ ठगुन्नाले १४७ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा २७७ मत ल्याएर युवा नेता जगदिश बिष्ट निर्वाचित हुनुभएको छ । उनका निकटतम प्रतिद्धन्दी उदयसिहँ ठगुन्नाले २३७ र धर्म बहादुर खडायतले १२१ मत प्राप्त गर्नुभएको थियो । प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट ३१३, अशोक सिंह साउद २७७, एकेन्द्र बहादुर पाल २७७, राम दत्त जोशी २२५, दिलिप महता २१३, देवेन्द्र सिंह रोकाय २१२, एनपि जोशी १४३ मत प्राप्त गर्नुभएको छ । सभापती लगायत प्रमुख पदहरुमा सहमती जुटन नसकेपछि दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको हो । प्रदेश क्षेत्र नम्बर क र ख मा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।

प्रदेश क्षेत्र ख को उपसभापतीमा लक्ष्मण डागा र डम्बर कार्की, अपांगमा केशव जोशी, सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला प्रतिनिधि समेत निर्विरोध चयन भएका छन ।
प्रदेश क्षेत्र क मा सभापतिसहित चार पदमा निर्वाचन भएको छ । सभापति, सचिव, सहसचिव र प्रदेशसभा अधिवेशन प्रतिनिधि खुला पदका लागि मतदान भएको हो । क्षेत्र नम्वर क मा जम्मा ५८७ मतदाता रहेकोमा ५०५ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेश दार्चुलाको क्षेत्रीय समितिमा सभापती एक, उपसभापती दुई, सचिव दुई र सहसचिव दुई जना रहने प्रावधान रहेको छ । कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला अधिवेसन उद्धघाटनको लागि नेपाल सरकारका कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू आईतवार वेलुका गृह जिल्ला दार्चुला पुग्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.