दार्चुलाका स्थानीय तहमा नयाँ नेतृत्व चयन गदैँ रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दार्चुलाका विभिन्न पालिकामा धमाधम नयाँ नेतृत्व चयन गरिरहेको छ । यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले दुहुँ गाउँपालिकामा आफ्नो सांगठनिक उपस्थिति बलियो बनाउँदै ११ सदस्यीय पालिका समिति गठन गरेको छ।

पार्टीको हालै सम्पन्न पालिका अधिवेशनबाट जय बोहराको सभापतित्वमा उक्त ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको रास्वपा दार्चुलाका जिल्ला सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो।

नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्ला सभापति सामन्तले नवगठित टिमलाई पार्टी संगठन विस्तार, सुशासनको प्रवद्र्धन र स्थानीय जनताका आधारभूत मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ।

पछिल्लो समय रास्वपाले दार्चुलाका विभिन्न स्थानीय तहहरूमा पालिका अधिवेशनलाई तीव्रता दिँदै सांगठनिक विस्तारको अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याइरहेको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.