दार्चुला : महाधिवेशन प्रतिनिधिमा युवा नेता जोशीको उम्मेदवारी घोषणा

दार्चुला । नेपाली काँग्रेस दार्चुलाका नेता दिवाकर जोशीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। काँग्रेसको १४औँ महाधिवेशनमा युवा नेता जोशीले महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदारी रहेको घोषणा गर्नुभएको हो ।

आगामी आउने निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसलाई विजय गराउन र सम्पुर्ण जन समुदायमा पार्टीलाइ विस्तारित गर्नको लागी महाधिवेशन प्रतिनिधिमा आफुले उम्मेदवारी दिएको नेता जोशीले बताउनुभयो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउँमा घर भएका नेता जोशीले नेपाल विद्यार्थी संघ दार्चुलाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष समेत हुनुहुन्छ।

जोशीले कांग्रेसलाई अब युवाहरुको नेतृत्व आवश्यक रहेकोले सबै युवाहरु एक जुट भएर पार्टी संगठनलाई विस्तार र बलियो बनाउन तर्फ लाग्नुपर्न बताउनुभयो।
२०६३ साल देखि नेपाल विद्यार्थी संघमा आवद्ध जोशी गोकुलेश्वर बहुमुखी क्याम्पसमा ७ बर्ष नेपाल विद्यार्थी संघको अध्यक्ष भएर काम गर्नुभएको छ ।

विद्यार्थी हरुको मन मुटुमा बस्न सफल भएका जोशीले युवाहरुको मनोबल उच्च राख्न तथा संगठनलाई चलायमान राख्न आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.