दार्चुला । दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ११ ग्राम लागूऔषध चरेशसहित मार्मा गाउँपालिका–४ घर भई हाल बाङ्गाबगर बस्ने ३१ बर्षीय सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।