दुहुँ गाउँपालिकाले लोकसेवा आयोग तयारी कक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले विद्यार्थी तथा युवायुवतीलाई लोकसेवा आयोगतर्फ आकर्षित गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले शुक्रबार आज सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा अध्ययनरत विद्यार्थीलाई भविष्यमा लोकसेवा क्षेत्रमा प्रेरित गर्ने तथा उत्प्रेरणा मोटिभेसन प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सूचनाअनुसार कक्षा १० देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी पाँचवटा विद्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीले जानकारी दिए ।

गाउँपालिकाले दुहुँ गाउँपालिकाभित्र बसोबास गर्ने कक्षा १० उत्तीर्ण गरी लोकसेवा आयोगको तयारी गर्न इच्छुक अन्य युवायुवतीलाई समेत नजिकको विद्यालयमा सहभागी हुन अनुरोध गरेको उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश जोशीद्वारा हस्ताक्षरित सूचनामा कार्यक्रमबाट विद्यार्थीमा सरकारी सेवाप्रतिको आकर्षण बढ्नुका साथै भविष्यको प्रतिस्पर्धात्मक तयारीका लागि सकारात्मक वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.