दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका स्थानीय स्काउट समितिको आयोजनामा गणेश माध्यमिक विद्यालय, सिमलीमा दुई दिने स्काउट तालिम सम्पन्न भएको छ ।
तालिममा गणेश मावि सिमलीका ट्रुपका ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई डीएमटी स्काउट प्रशिक्षक राजेन्द्र बहादुर कुवर लगायत बिटिसी स्काउट तालिम प्राप्त शिक्षकहरू कर्ण बहादुर बम, नरेन्द्रदेव जोशी, डबलसिंह ऐरी र नरेन्द्र धामीले प्रशिक्षण दिएका थिए ।
स्थानीय स्काउट आयुक्त मधु बमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्ष शान्ति देवी बम, प्रवक्ता देव बहादुर बम लगायतको उपस्थिति रहेको थियो ।
तालिमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, आपतकालीन व्यवस्थापन तथा सामुदायिक सेवाप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ ।