दार्चुला । काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुरामा भीमबहादुर साउँद सभापति र उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै पर्शुराम नगरपालिकाका मेयर समेत रहेका साउँद विजयी भएका हुन्। साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए।
यस्तै , डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्। विवादका बावजुद डडेल्धुरामा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको हो।
