दार्चुला । –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । आइतबार जिल्ला सदरमरकाम खलंगामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेश सामन्तको नेतृत्वमा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको रास्वपा दार्चुलाले जनाएको छ ।
अधिवेशनले सामन्तलाई नै सभापतिमा दोहर्याएको छ । अन्य पदमा धेरै आकांक्षी भएपनि छलफलपछि सर्वसम्मत रुपमा समिति गठन गरिएको छ । उक्त कार्यसमितिको उपसभापतिमा सुरेन्द्र बहादुर खडायत, सचिवमा राजेन्द्र पन्त र सहसचिवमा धिरेन्द्र बिष्ट चयन भएका छन् । रास्वपाको नयाँ कार्यसमितिले संगठन विस्तारको काम गर्ने जनाएको छ ।
सामन्तले संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने बताए । यसअघि रास्वपा दार्चुलाले जिल्ला ६१ वटै वडा र ९ वटै स्थानीय तहमा पालिका अधिका अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन समेत गरेको छ ।