राष्ट्रिय सुटिङ च्याम्पियनशिपमा चन्दले १०मिटर एयर फाईफमा उत्कृष्टता

कञ्चनपुर २५ जेष्ठ।

राष्ट्रिय सुटिङ च्याम्पियनशिपमा कञ्चनपुरका सुनिल चन्दले १०मिटर एयर फाईफलमा उत्कृष्टता प्रर्दशन गरेका छन । २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप ०२६ चन्दले पुरुष १० मिटर एयर राइफल विधामा उत्कृष्ट प्रदर्शन गरेका हुन । चन्दले रजत पदक हासिल गर्न सफल भएका छन्। उनले उपलब्धिले सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ र आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ उत्कृष्ट नतिजाको अपेक्षा बढाएको छ।

यस उपलब्धिलाई थप उचाइमा पु¥याउन तथा प्रदेशका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेश खेलकुद परिषद्ले खेलाडीहरूलाई आवश्यक प्रोत्साहन, प्रशिक्षण, उपकरण तथा आर्थिक सहयोग उपलब्ध गराउँदै खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। यसले प्रदेशका खेलाडीहरूको मनोबल बढाउनुका साथै भविष्यमा अझ धेरै पदक जित्ने आधार तयार गर्नेछ।

 

 

Leave A Reply

Your email address will not be published.