कञ्चनपुर, २५ जेष्ठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १०जिमुवाको होलीफेम्ली ईङलिश स्कुलमा नेशनल स्कुल च्याम्पियनशिप क्रिकेट प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर क्रिकेट संघको आयोजनामा सोमबारदेखि होलीफेम्ली ईङलिश स्कुलमा नेशनल स्कुल च्याम्पियनशिप क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्षेत्रीय प्रतियोगिताका लागि प्रतियोगिता शुरु भएको र प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
जित्ने टिमले क्षेत्रीय खेल्नेछ ।
उद्घाटन कार्यक्तमका प्रमुख अतिथि समेत रहेका होलीफेम्ली ईङलिश स्कुलका संचालक शिक्षा तथा खेलकुदप्रेमी भुपाल सिह विष्टले उद्घाटन गर्दै क्रिकेट खेलकको उत्कृष्टता प्रकट गर्दै आफुलाई अब्बल खेलाडीका रुपमा प्रस्तुत गर्न अनुरोध गरेका छन । होलीफेम्ली ईङलिश स्कुलमा नेशनल स्कुलका सहायक म्यानेजर महादेव भट्टले हालै भीमदत्त नगरपालिका अन्तर मावि स्तरिय प्रतियोगिता समापनसगै होलीफेम्लीको क्रिकेट मैदानमा अर्को प्रतियोगिताले थप रौनकता छाएको बताए ।