कृषि ज्ञान केन्द्र दार्चुलाले १० करोड भन्दा बढि बजेटका कार्यक्रम संञ्चालन गर्ने

दार्चुला -चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा कृषि ज्ञान केन्द्र दार्चुला मार्फत १० करोड ५३ लाख ९७ हजार रुपैँया बराबरको विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारबाट ९ करोड २१ लाख ७७ हजार रुपैँया तथा सङ्घबाट एक करोड ५७ लाख रुपैँया बजेट बिनीयोजन गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

ज्ञान केन्द्रका कृषि सुचना अधिकारी चन्द्र बहादुर ठगुन्नाका अनुसार प्रदेश सरकार मार्फत चालु आवमा व्यावसायिक फलफूल बगैँचा स्थापना, रैथाने बाली उत्पादन प्रवद्र्धन, महिला, दलित, विपन्न तथा पिछडिएको क्षेत्र लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ । त्यस्तै युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन, प्राङ्गारिक मल उत्पादन, एक पालिका एक नर्सरी सहयोग, प्याज उत्पादन प्रवद्र्धन, नमूना कृषि फार्म स्थापना, कृषि बजार तथा सङ्कलन केन्द्र निर्माण कार्यक्रम सञ्चालन हुने ज्ञान केन्द्र दार्चुलाका सुचना अधिकारी ठगुन्नाले बताउनु भयो । केन्द्र सरकारले दार्चुलामा प्रांग्रारिक मिसन कार्यक्रमका लागि मात्रै २६ लाख ५० हजार रुपैँया छुटाएको छ ।

भने प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि १ करोड ५७ लाख रुपैँया बजेट विनीयोजन गरेको सुचना अधिकारी ठगुन्नाले बताउनु भयो । यो रकम मध्ये पहिलो चौमासिक सम्ममा कार्यालयले १० लाख रुपैँया बजेट खर्च गरिसकेको जनाएको छ ।

यस्तै दार्चुलामा प्रदेश सरकार मार्फत कृषि विकास कार्यक्रमका लागि ९ करोड २१ लाख ७७ हजार बजेट विनीयोजन गरिएको छ । यो मध्ये प्रथम चौमासिक सम्म ५० लाख ८६ हजार रुपैँया खर्च भएको पाइएको छ ।

हाल सम्म ज्ञानकेन्द्र दार्चुलाले कुल बजेट मध्ये ५१ लाख ९१ ह्जार रुपैँया बजेट खर्च गरेको जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिक सम्म वित्तिय प्रगति ५ दशमलब २८ प्रतिशत तथा भौतिक प्रगति २७ दशमलब ९ प्रतिशत रहेको ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.