लेकम गाउँपालिका वडा नम्बर ६ मा एकजना झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला – लेकम गाउँपालिकाको वडा नम्बर ६ तेलिगाउमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका छ्न ।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा बुधबार आज विहान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । नाथ टेक्स कार्यक्रम चन्दन्पुर चौपातामा आई एस सी एजीमा अध्ययनरत हुनुहुन्थ्यो । कक्षा ११ मा अद्ययनरत अन्दाजि १६ बर्षीय नाथ मृत फेला परेपछि परिवार शोकमा डुबेको छ ।

नाथ आज बिहान घर बाट बेपत्ता भएका थिए । घटना थाहा पाउना साथ ईलाका प्रहरी कार्यालय चौपाता बाट प्रहरी टोलि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय चौपाताका ईन्चार्ज लोकेन्द्र पुजाराले जानकारी दिनुभयो । नाथले आत्महत्या गरेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको ईन्चार्ज पुजाराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.