Naya Sadar
Badar

काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशन अन्तर्गत ६९ जनाले गरे मनोनयन दर्ता

Sadar Sano

दार्चुला -नेपाली काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशन अन्तर्गत ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका लागि सभापतिसहित सदस्य पदका लागि ६९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । मंगलवार ७६ जनाले मनोनयन दर्ता गरेको तथा बुधवार बिहान ७ जनाले फिर्ता लिएका छन् ।

Naya Mat patra

मनोनयन फिर्ता लिनेमा उपसभापतिबाट पदमराज पन्त, सचिवबाट रुपेन्द्रसिह धामी, सहसचिवबाट सुना बोहरा, दलित महिला सदस्यबाट द्रोपती लुहार, दुर्गा पार्की, दुर्गा लुहार र सदस्य राजुराम लावड रहेका छन् ।

नेतृत्वका लागि २ जनाले सभापतिमा, ८ जनाले उपसभापतिमा , ६ जनाले सचिवमा , ४ जनाले सहसचिवमा मनोनयन दर्ता गराएका छन् । सहमतिमा नेतृत्व चयन हुन नसकिने भएपछि जिल्ला कार्यसमितिका लागि चुनावी प्रक्रियामा गइन लागेको काँग्रेस दार्चुलाले जनाएको छ ।

सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्य नगरपालीका गाउपालीकाबाट, खस आर्य, महिला, दलित, आदिबासी जनजाति, अपांग, अल्पसंख्यक गरी ३५ जना निर्वाचित हुनेछन् ।

निर्वाचन बिहान ११ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.