दार्चुलामा २८ हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद

दार्चुला  । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न खाद्य सामग्री बरामद गरेको छ।

महाकाली नगरपालिका–१ कलौन क्षेत्रबाट अन्दाजी मूल्य २८ हजार ११ रुपैयाँ बराबरका चामल, पिठो, पापड लगायतका सामानहरू बुधबार साँझ प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। बरामद गरिएका सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

प्रहरीले भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानीलाई थप कडा बनाइएको पनि जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.