एमाले महाधिबेशन : दार्चुलाबाट ५० जना बढीको टोली चितवन प्रस्थान

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औ महाधिबेशनका लागि दार्चुलाबाट महाधिबेशन प्रतिनिधि सहितको टोली बुधबार चितवनतर्फ गएको छ । यहि मंसिर १० देखि १२ गते सम्म हुने महाधिबेशनका लागि १२ जना महाधिबेशन प्रतिनिधि सहित ५० जना भन्दा बढी जनाको टोली चितवन तर्फ गएको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

महाधिबेशन प्रतिनिधि समेत रहेका बडालले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने बताएका छन् । देशभर वडा देखि पालिका सम्मको अधिबेशन अधिकाशं सबैको सहमतिमा भएको तथा पार्टी एक ठिक्का भएर अघि बढिरहेकोले सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने आफुहरुको आसा रहेको बडालको भनाई छ ।

एमालेको १० औँ महाधिबेशनका लागि दार्चुलाबाट पार्टी अध्यक्ष रामदत्त जोशी, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, सुदुरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा, लगायत एमाले नेता देबसिह महर, हरदेब जोशी, लालबहादुर विक, दानीराम पार्की, उर्मीला बोहरा, मेनुका अवस्थी, गौरी बडाल र दुर्गादेबी धामी गरि १२ जना महाधिबेशन प्रनितिधि छनोट भएका थिए ।

Leave A Reply

Your email address will not be published.