दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको सरुवा

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार हिजो गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रजिअ पौडेलको सरुवा भएको हो ।

गृह  मन्त्रालयले दार्चुलाका प्रजिअ अनिल पौडेलाई जिल्ला प्रशासन कार्यालय धादिङमा साहयक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ ।

उनको ठाउँमा गृहमन्त्रालयबाट वर्तराज पौडेल दार्चुला आउने भएका छन । सरुवा भएका पौडेल २०८१ साल चैत्र २८ गतेदेखि दार्चुला प्रशासनको कार्यभार समालेका थिए ।

 

Leave A Reply

Your email address will not be published.