Naya Sadar
Badar

कांग्रेश दार्चुलाको मतगणना जारी , सभापतिमा बोहराको अग्रता

Sadar Sano

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको सभापतिमा ललित सिंह बोहराले सुरुवाती अग्रता लिएका छन् ।

Naya Mat patra

क्षेत्र क को मत परिणाम हेर्दा सभापतिका उम्मेदवार बोहराले १६८ बढिको अग्रतामा छन् । ४०० को मत गणना हुदा बोहराले २८० मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्द्वी अमरसिंह धामीले ११२ मतका साथ पछ्याइरहेका छन् । यस्तै उपसभापतिमा उमेश सिह खत्रीले ९०, महादेव बडू कश्यपले २७२, मानबहादुर बमले ४७ ललित सिह ठगुन्नाले २२७, सन्तोष कुमार सिह ऐतवालले ६० मत प्राप्त गरेका छन् ।यस्तै सचिव पदमा पुलेन्द्र बहादुर कार्कीले ३०८, माधवराज भट्टले १६०, महेश सिह धामीले ४३, महेन्द्र प्रसाद बडूले १३२, देव सिह धामीले ३१, वीर सिह डडालले ९० मतले पछ्याइरहेका छन् ।सहसचिवमा राजु अवस्थीको अग्रता छ । उनको २७०, राजेन्द्र प्रसाद जोशीको २२०, जयानन्द जोशीको ७१, सन्तोष दयालीको ११८ मत रहेको छ ।

प्रदेश क्षेत्र क सभापति बोहराको भएकाले अग्रता लिएको अनुमान गर्न सकिन्छ ।

यस्तै ख क्षेत्र अमरसिंह धामीको गृह भएकाले उनले त्यहाँबाट अगाडी बढ्न सक्ने अनुमान छ । जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भएको थियो । बिहीबार साढे एघार बजेबाट भएको मतदान साझ साढे छ बजे सकिएको थियो । मतगणना राती ९ बजेबाट गने भने पनि अबेर राती देखि सुरु भएको हो । कूल १ हजार ४३ मतदाता मध्ये ९ सय ५६ मत खसेको थियो । प्रदेश क्षेत्र ९क० मा ५ सय ३८ र ख मा ४ सय १८ मत खसेका थिए ।

Leave A Reply

Your email address will not be published.